पथरीशनिश्चरेका कर्मचारीहरु पनि आन्दोलनमा - Crazysaptahik.com

पथरीशनिश्चरेका कर्मचारीहरु पनि आन्दोलनमा

ईस्वर दुलाल
पथरी ।
देश भरका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् । पथरीशनिश्चरे नगरपालिकामा कार्यरत कर्मचारीहरु पनि आन्दोलितको एकबद्दता जनाउँदै आन्दोलित भएका छन् ।

सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै देश भरका कर्मचारीले पेनडाउन गरेका हुन् ।

नगर भित्रका सबै कर्मचारीहरुले अति आवश्यक काम बाहेक अन्य सेवाहरुमा पेन डाउन गरि सेवा ठप्प पारेर आन्दोनमा उत्रिएको पथरीशनिश्चरे १० मा कार्यरत वडा सचिव सरोज भट्टराईले जानकारी दिनुभयो ।

संघीय निजामति ऐनमा स्थानीय तहका कर्मचारीको कुनै पनि माग सम्बोधन नभएपछि १८ बुँदे माग राखेर केन्द्रमा आन्दोलन भइरहेकाले सोही आन्दोलनलाई एकवद्धता जनाएको भट्टराईले बताउनु भयो । असोज १९ गतेबाट आन्दोलित कर्मचारीहरुलाई आज वार्ताकालागि बोलाएको र अव के निर्कष निस्कन्छ भन्ने बारे अनविज्ञ रहेको सुनाउनु भयो ।

संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको समेत कर्मचारीहरुको भनाई छ । स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनु पर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् ।

सम्बन्धित खवर