नगरवासीको हितलाई ध्यानमा राखेर काम गर्नेछु– प्रमुख प्रशासकीय अधिकृत राई - Crazysaptahik.com

नगरवासीको हितलाई ध्यानमा राखेर काम गर्नेछु– प्रमुख प्रशासकीय अधिकृत राई

क्रेजी संवाददाता
पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा शशि राई आउनुभएपछि कर्मचारी प्रशासन र कार्यालय व्यवस्थापनमा सुधार आएको देखिन थालेको छ ।

डेढ महिना अघि मात्र उपसचिव शशि राई पथरीशनिश्चरे आउनु भएपछि कर्मचारी समयमा कार्यालय आउने र जाने, कर्मचारीहरुले प्रायः पोशाक अनिवार्य लगाएर आउने गरेका छन् । यस्तैगरी कार्यपालिका मिटिङपछि नगरको लेटरप्याडमा निर्णयहरु फेसबुक पेज र वेवसाइडमा सार्वजानिक, नगरमा संकलन हुने कर जनताको सूचनाको लागि बोर्डमा लेखेर सार्वजनिक गरिन थालिएको छ । जसले गर्दा जो कोहीले सहज रुपमा प्रष्टसँग हेर्न र बुझ्न पाउँछन् ।

नगरमा यसअघि चिया र नास्ताको लागि मासिक ६० हजारदेखि एक लाख सम्मको बिल उठ्ने गरेको थियो । आफू आएको पहिलो महिनामै ६८ हजारको बिल आएपछि चिया पकाउने व्यवस्था नगरमै गरिएको प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताउनुभयो । नगरको कास (कार्यालय सहयोगी) कर्मचारीहरुबाटै चिया पकाउने व्यवस्था सुरुवात भएपछि वार्षिक करिब १० लाख जति खर्च कटौती हुनेभएको छ ।

आज प्रमुख प्रशासकीय अधिकृत राईले स्थानीय सञ्चारकर्मीहरुसँग परिचयात्मक तथा चाडवाडको शुभकामना आदान–प्रदान गर्नुभएको छ ।
परिचयको क्रममा पत्रकारहरुले कर्मचारी, शिक्षा, स्वास्थ्य, विकास निर्माण, खरिद सम्बन्धी हुँदै आएको वेथिति बारे सुझाएका थिए । पत्रकारहरूको परिचयसँगै सुझावपछि आफू कर्मचारी प्रशासन र आफ्नो क्षेत्राधिकार भित्रको विषय मात्र जिम्मेवार हुने सुझाउनुभयो । उहाँले थप्नुभयो–‘नगरवासीको हितलाई ध्यानमा राखेर काम गर्नेछु ।’

सम्बन्धित खवर