पथरीको नर्वदेश्वर शिवालय मन्दिर सरसफाई कार्यक्रम - Crazysaptahik.com

पथरीको नर्वदेश्वर शिवालय मन्दिर सरसफाई कार्यक्रम


क्रेजी संवाददाता
पथरी । समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार ईलाका प्रहरी कार्यालय पथरी मोरङको आयोजनामा पथरीशनिश्चरे–१ मा अवस्थित नर्वदेश्वर शिवालय मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार वडा १ का अध्यक्ष भिमकुमार राईको प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक सुशील कुमार पाण्डेको कमाण्डमा ट्राफिक प्रहरी सहित ३० जनाको प्रहरी टोलीले मन्दिर सरसफाई गरेको हो ।
यसैगरी कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख योगेन्द्र सिंह खड्काको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर