पथरी शनिश्चरेमा यामाहाको नयाँ सोरुम - Crazysaptahik.com

पथरी शनिश्चरेमा यामाहाको नयाँ सोरुम

क्रेजी संवाददाता
पथरी । यामाहाका मोटरसाइकल तथा स्कुटरप्रतिको बढ्दो मागलाई मध्यनजर गर्दै पीएमसी अटोट्रेडर्सले नयाँ सोरुम सञ्चालन गरेको छ ।
अटोट्रेडर्सले सेवा सञ्जाल विस्तारका क्रममा आज पथरीशनिश्चरेको पथरी बजारमा सुविधा सम्पन्न सोरुम सञ्चालन गरेको हो । एक औपचारिक कार्यक्रमका बीच सोरुमको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।
यस सोरुममा विश्वकै सार्वधिक लोकप्रिय कम्पनी यामाहाबाट निर्मित मोटरसाइकल र स्कुटी विक्री बितरण गरिने संचालक मानबहादुर श्रेष्ठले बताएका छन् । सोरुममा सुविधा सम्पन्न मोटर अट्टो वर्कसप रहेको छ । उद्घाटनको दिन स्कुटर खरिद गर्ने जुन प्रधान र सागर पौडेललाई संचालक मानबहादुर श्रेष्ठले कार्यक्रममै चावी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्बापो, विशिष्ट अतिथि वडा नम्बर १ का वडा अध्यक्ष भिम राई, एमाले प्रदेश सदस्य देवराज भण्डारी, समाज सेवी पर्शु मिश्र, दिपक रौनियार, हरि दाहाल, वडा नं. ७ का पूर्व अध्यक्ष कपिलमणि ढकाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर