‘यो मिठो माया...’मा धिरेन र अमिकाको रोमान्स - Crazysaptahik.com

‘यो मिठो माया…’मा धिरेन र अमिकाको रोमान्स

क्रेजी संवाददाता
पथरीशनिश्चरे । दुई प्रेमिल जोडीको कथामा आधारित म्यूजिक भिडियो ‘यो मिठो माया…’ पप्रन प्रोडक्सन युके युट्युव च्यानल मार्फत् सार्वजनिक भएको छ ।
रामप्रसाद गुरुङको प्रस्तुति र रचना रहेको गीत सफ्ट शैलीमा निक्कै मार्मिक ढंगले गायक नन्दु गुरुङले गाएका छन् ।
युकेको डोभर केन्टमा छायांकन गरिएको भिडियोमा एकताका चल्तीका नायक धिरेन शाक्य र अमिका क्षेत्रीले फिचरिङ गरेका छन् । सुमन श्रेष्ठले खिचेको भिडियो प्रायः हाइस्पिटमा गीतको भाव अनुसार भिडियो बगेको छ ।
देव गुरुङको संगीत रहेको भिडियोको निर्माता अरुणा गुरुङ, कलर नविन निरौला, एरेन्ज चन्दु गोर्खाली, मिक्स/मास्टर दिप घतानी, रेकर्ड अशोक थापा, मेकअप पुष्पा गुरुङको रहेको छ । म्यूजिक भिडियोको कोरियोग्राफी र निर्देशन प्रभु गुरुङले सम्हालेका छन् ।

म्यूजिक भिडियो हेर्नुहोस् :-

सम्बन्धित खवर