नगर प्रमुखद्वारा क्रिकेट प्रतियोगिताको उद्घाटन - Crazysaptahik.com

नगर प्रमुखद्वारा क्रिकेट प्रतियोगिताको उद्घाटन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा आजबाट सुरु भएको पथरी शनिश्चरे प्रिमियर लिग –४ क्रिकेट प्रतियोगिताको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापाले गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मोहन तुम्वापोले प्रतियोगिताको उद्घाटन रिबन काट्नुका साथै ब्याटिङ गरेर उद्घाटन गर्नुभएको हो ।
आज भएको पहिलो खेलमा साबिक बिजेता सात बाघ रोयल किङ््ससग ३४ रनले पराजित भएको छ ।टस हारेर ब्याटिङमा उत्रिएको रोयल किङ्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो ।
रोयलका लागि शिवम यादबले नट आउट ३७ बनाउँदा महेश कार्कीले २७ रन बनाए । यस्तै संन्जय प्याक्राले १७ रन बनाए । सात बाघका लागि फिर्दोस अन्सारीले ४ बिकेट लिदा अस्विन महतले ३ विकेट लिए ।
१ सय ३५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको सात बाघ १७ ओभर ५ बलमा अल आउट हुँदै १ सय रनमा समेटियो ।
सात बाघका लागि फिर्दोस अन्सारीले २६, अस्विन महतले २५ र पुकार राईले १७ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो रन जोडन सकेनन् । रोयलका शिवन यादब , राज बस्नेत, दिवस राजबंशी र सुवास भण्डारीले समान २–२ विकेट लिए । खेलको म्यान अफ दि म्याच रोयलका शिवन यादव घोषित भए ।
उद्घाटन खेलको अध्यक्षता प्रिमियर लिग प्रतियोगिता अध्यक्ष विरोज मगरको रहेको थियो । यसैगरी पथरीशनिश्चरेका निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), वडा नं. २ का अध्यक्ष नैना राई र नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष नविन कार्कीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर