श्रमिकद्वयलाई आर्थिक सहयोग - Crazysaptahik.com

श्रमिकद्वयलाई आर्थिक सहयोग

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिले विपन्न श्रमिकद्वयलाई आर्थिक सहयोग गरेको छ ।
आज पथरी शनिश्चरे वडा नं. ४ का घाइते श्रमिक पर्दिपकुमार राई र वडा नं. १ का विपन्न मृतक् श्रमिक एनबहादुर तामाङकी श्रीमती गोपी वलोन तामाङलाई आर्थिक सहयोग प्रदान गरिएको हो । अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिका संयोजक एवं वडा नं. १ का अध्यक्ष भीमकुमार राईले पर्दिपकुमार राईलाई १५ हजारको चेक र गोपी वलोन तामाङलाई १० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लोकनाथ न्यौपाने, समितिका सदस्यहरु हरिकुमार सुवेदी, दोर्ण खड्का, मुना राई, सदस्य सचिव सुरेन राई, कर्मचारी रविन राई लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर