क्रेजी संवाददाता
पथरी । उर्लाबारी भेट्रान्स क्लब प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पथरी शनिश्चरे–१ को जाँते मोडमा अवस्थित पथरी रंगशालामा आज भएको खेलमा उर्लाबारी भेट्रान्सले झापाको दुधे भेट्रान्सलाई १ को विरुद्ध ४ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
निर्धारित खेलको पहिलो हाफको ४ मिनेटमै उर्लाबारीका खेम पोखरेलले गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएको थियो । त्यसको ३ मिनेट बित्न नपाउँदै दुधे भेट्रान्सका भीष्म खरेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यस्तैगरी खेलको पूर्वाद्धकै १६ औं मिनेटमा उर्लाबारीका गंगा कार्कीले दोस्रो गोल गरे, पुनः खेम पोखरेलले दोस्रो गोल ३० औं मिनेटमा अर्को गोल थाप्दै आफ्नो टिमलाई ३–१ अन्तरमा पु¥याएका ।
यस्तै दोस्रो हाफको ६० औं मिनेटमा उर्लाबारीकै कुन्साङ तामाङले थप गोल थप्दै ४–१ अन्तरमा पुयाई जितको सुनिश्चितता दिलाएका थिए ।
खेलको भेट्रान्स अफ दि म्याच’ उर्लाबारी भेट्रान्सका गंगा कार्की घोषित भए । भोलिको खेल (शुक्रबार) आयोजक पथरी भेट्रान्स र मिल्स भेट्रान्स विराटनगर बीच हुने आयोजकका उपाध्यक्ष प्रतीत सुब्बाले जानकारी दिए ।