मिल्स भेट्रान्सलाई स्तब्ध पार्दै आयोजक सेमिफाइनलमा - Crazysaptahik.com

मिल्स भेट्रान्सलाई स्तब्ध पार्दै आयोजक सेमिफाइनलमा

क्रेजी संवाददाता
पथरी । आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबले मिल्स भेट्रान्स विराटनगरलाई स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
प्रस्तावित पथरी रंगशालामा आज भएको खेलमा पथरी शनिश्चरे भेट्रान्सले विराटनगरको मिल्स भेट्रान्सलाई २–० गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
निक्कै रोमान्चक प्रतियोगितामा पहिलो हाफको १६ औं मिनेटमा आयोजकका विक्रम लिम्बु र दोस्रो हाफको २२ औं मिनेटमा सानोराजा ग्लानले गोल गरेका थिए । खेलमा मिल्स भेट्रान्स विराटनगरले निक्कै राम्रो अवसरहरुलाई गोलमा परिणत गर्न सकेन । मिल्सका तर्फबाट दोस्रो हाफमा २ वटा निक्कै उत्कृष्ट गोल प्रहार भएपनि आयोजकका गोलकिपर याम मगरले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको भेट्रान्स अफ दि म्याच’ आयोजक पथरी शनिश्चरे भेट्रान्सका गोलकिपर याम मगर घोषित भए । मगरलाई प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का अध्यक्ष भीम राईले नगद रु. १५ सय सहित मेडल प्रदान गरेका थिए । भोलि (शनिबार)को खेल विराट भेट्रान्स र साहारा भेट्रान्स बीच हुने आयोजकका अध्यक्ष टिकाराम राईले जानकारी दिए ।

सम्बन्धित खवर