क्रेजी संवाददाता
पथरी । विराटचौकको विराट भेट्रान्स फुटबल क्लब पथरीमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा विराट भेट्रान्सले साहारा भेट्रान्सलाई ३–१ गोल अन्तरको सहज जित निकाल्दै उर्लाबारी भेट्रान्ससँगको पहिलो सेमिफाइनलको यात्रा तय गरेको हो ।
पथरी शनिश्चरेको जाँते मोडमा अवस्थित पथरी रंगशालामा सञ्चालन भएको उक्त खेलमा १५ औं मिनेटमा साहारा भेट्रान्सका किशन लिम्बुले गोल गरेका थिए । यस्तै विराट भेट्रान्सका पारस लिम्बुले १९ औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा साहाराका गोलकिपरको अघि बढ्ने गलत निर्णयलाई मौका छोपी पुनः पारस लिम्बुले ७५ औं मिनेटमा गोल गरेका थिए । यस्तै विराट भेट्रान्सकै प्रकाश थापाले ४७ आंै मिनेटमा गोल गरे ।
विजेता टिम विराट भेट्रान्सका दुई गोलकर्ता पारस लिम्बु खेलको भेट्रान्स अफ द म्याच घोषित भए । उनलाई पथरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा युवा समाजसेवी धनकुमार तामाङले १५ सय नगद सहित मेडल प्रदान गर्नुभएको थियो ।
भोलिको खेल सतिसाले भेट्रान्स केराबारी र लखनपुर भेट्रान्स बीच हुने आयोजकका उपाध्यक्ष प्रतीत सुब्बाले जानकारी दिए ।