क्रेजी संवाददाता
पथरी । विराट भेट्रान्सलाई हराउँदै उर्लाबारी भेट्रान्स पथरीमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
प्रस्तावित पथरी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा विराट भेट्रान्सलाई ४–१ गोलले निराश बनाउँदै उर्लाबारी भेट्रान्सले फाइनलको यात्रा तय गरेको हो ।
उर्लाबारीका खेम पोखरेलले पहिलो हाफको २ र २६ औं मिनेटमा उत्कृष्ट गरे । त्यसपश्चात् पोखरेलले नै दोस्रो हाफको ४६ औं मिनेटमा पुनः गोल गर्दै ह्याट्रिक पूरा गरे भने अर्काे गोल ५८ औं मिनेटमा उर्लाबारीका सन्तोष राईले गरे । विराटको तर्फबाट एक मात्र गोल २८ औं मिनेटमा सुरज प्रधानले गरेका थिए ।
खेलको भेट्रान्स अफ दि म्याच विजेता उर्लाबारीका ह्याट्रिक गर्न सफल खेम पोखरेल घोषित भए । पोखरेललाई प्रमुख अतिथि पथरीका युवा व्यवसायी एवं शिक्षा अभियन्ता प्रदिपकुमार राईले नगद रु. १५ सय सहित मेडल प्रदान गरेका थिए । भोलि हुने अन्तिम सेमिफाइनल खेल आयोजक पथरी शनिश्चरे भेट्रान्स र सतिसाले भेट्रान्स बीच हुने आयोजकले जनाएको छ ।