स्कुल बसको ठक्करबाट गुरुङको मृत्यु - Crazysaptahik.com

स्कुल बसको ठक्करबाट गुरुङको मृत्यु

स्कुल बसको ठक्करबाट आज बिहान पैदल यात्रु टकबहादुर गुरुङको मृत्यु भएको छ । लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरको खहरे खोलामा स्कुल बसको ठक्करबाट  गुरुङको मृत्यु भएको हो । बेंसीशहर नगरपालिका–४ पुरानोकोटका ७३ वर्षीय गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदिपुरस्थित गोल्डेन फ्युचर एकेडेमीको ना३ख ७३९४ नंको बसले विद्यार्थी पुर्याएर फर्कने क्रममा बिहान ९:३० बजे गुरुङलाई ठक्कर दिएको थियो ।

स्कुल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्याललय लमजुङका प्रहरी निरीक्षक वसन्तराज पाण्डेले जानकारी दिनुभयो । मृतक गुरुङ उदिपुरबाट पुरानोकोट जाने क्रममा स्कुल बसले ठक्कर दिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर