नगर खेलकुदका ५ प्रतियोगित - Crazysaptahik.com

नगर खेलकुदका ५ प्रतियोगित

ईस्वर दुलाल
पथरीशनिश्चरे-
पथरीशनिश्चरे नगरपालिकाको खेलकुद विकास समितिले ५ वटा वडामा ५ वटा खेलकुद प्रतियोगिता गर्ने भएको छ । आज बसेको बैठकले चालु आर्थिक वर्षका लागि हाल ५ वटा वडामा ५ वटा खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

बैठकले मंसिर १४ गते वडा नम्वर ७ मा नगरका विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताबाट कार्यक्रमको सुरुवात हुने निर्णय गरेको छ ।
त्यसैगरी, पुसमा वडा नम्वर २ मा पुरुष भलिबल, पुसमा वडा नम्वर ४ मा तेक्वान्दो, माघमा वडा नम्वर ६ मा म्याराथन र ८ नम्वरमा फागुनमा महिला भलिवल प्रतियोगिता गरिने र मंगलबारे स्थित सिमल डाडा मा रहेको खेलमैदान लाई तत्काल मर्मत सम्भार गर्न रु.२०,०००/- रकम बिनियोजन गरेको निर्णय भएको कुरा नगर सदस्य नबिन कार्कीले जानकारी दिए ।
बाँकी रहेका १, ३, ५, ९ र १० नम्वर वडाका लागि अर्काे बैठकले खेलकुद प्रतियोगिताहरुको निर्णय गरियो। र यो आर्थिक बर्षमा नगरको गौरव,सान गोल्डकप पनि गर्ने भनी सल्लाह भएको छ । कार्कीले कुरा थप्दै भने

सम्बन्धित खवर