बसमा सिलिन्डर विस्फोट हुँदा यात्रा गरिरहेका ४२ जनाको मृत्यु - Crazysaptahik.com

बसमा सिलिन्डर विस्फोट हुँदा यात्रा गरिरहेका ४२ जनाको मृत्यु

हरारे- जिम्बाबेमा हिजो भएको सिलिन्डर विस्फोटमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको जिम्बाबेका प्रहरी अधिकारीहरुको भनाई छ ।

विस्फोटका कारण क्षतिग्रस्त भएको बसबाट ४२ जनाको शब निकालिएको प्रहरी प्रवक्ता चरिती चराम्बाले जानकारी दिनुभयो । उक्त घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ । बसमा यात्रारत कतिपय घाइतेको उद्धार गरी नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।

सम्बन्धित खवर