यसरी बनिन् रातारात १२ कक्षा अध्ययनरत किशोरी करोडपति - Crazysaptahik.com

यसरी बनिन् रातारात १२ कक्षा अध्ययनरत किशोरी करोडपति

एजेन्सी- जीवनभरको कडा परिश्रमले मानिस करोडपति बन्न सक्दैनन्, तर एक किशोरी रातारात करोडपति बनेको खबर पत्याउन निकै गाह्रो हुन्छ । तर, यो सत्य हो । यसरी करोडपति बन्ने सौभाग्य कमै मानिसले प्राप्त गर्छन् ।

यो सौभाग्य प्राप्त गरेकी हुन् भारतकी १७ वर्षीया किशोरी लखविन्दरले । यस पटक पञ्जाव सरकारको दिवाली बम्पर जितेर बठिन्डाका गाउ गुलाबगढमा बस्ने उनी रातारात करोडपति बनेकी हुन् । उनले डेढ करोड भारतीय रुपैयाँको दिवाली बम्पर जितेकी हुन् ।

दिवालीको एक दिन पहिला मात्र चिट्ठाको टिकट किनेकी लखविन्दरको भाग्य नै चम्क्यो । चिठ्ठा किनेकै भोलिपल्ट उनलाई यो वर्षको दिवाली बम्पर जितेको खबर गएको थियो । पनि आफ्नी आमालाई आग्रह गरेर दुई सयको चिट्ठा किनेकी १२ कक्षामा अध्ययनरत लखविन्दर एकैरातमा करोडपति बनिन् ।

सम्बन्धित खवर