प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको एक वर्ष पूरा - Crazysaptahik.com

प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको एक वर्ष पूरा

काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको सोमबार एक वर्ष पूरा भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । सोमबार बिहान १० बजे आयोजना हुने श्रद्धाञ्जली कार्यक्रममा ‘प्रकाश दाहाल स्मृति स्मारिका’को पनि विमोचन गरिने प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रकाशको निधन भएको एक वर्ष पुगेको अवसरमा सोमबार विभिन्न स्थानमा पनि स्मृति सभाको आयोजना गरिएको छ ।

अघिल्लो वर्ष आजकै दिन चुनावी अभियान चलिरहेका बेला दाहालको असामयिक निधन भएको थियो । आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका उनको गएको वर्षको मंसिर ३ गते नर्भिक अस्पताल निधन भएको थियो ।

प्रचण्डका प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा काम गरेका उनी निकै मिहनेती र मिजासिला रहेका थिए । प्रचण्डको सचिवालयलाई चुस्तदुरुस्त राख्न सक्षम रहेका उनको निधनले मुलुक नै स्तब्ध भएको थियो । २०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् ।

सम्बन्धित खवर