महोत्तरीको ३ वटा घरमा डकैती, सात लाख रुपैयाँ लुटियो - Crazysaptahik.com

महोत्तरीको ३ वटा घरमा डकैती, सात लाख रुपैयाँ लुटियो

महोत्तरी- महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ स्थित खखनाको ३ वटा घरमा डकैती भएको छ । डकैतीमा सात लाख रुपैयाँ मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, डाँकाहरुले आइतबार राति खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका सदस्यलाई नियन्त्रणमा लिएर दुई लाख नगद, पाँच तोला सुन, तीन वटा मोबाइल, १० थान साडी र अन्य गर गहनासहित सात लाख रूपैयाँ मूल्य बराबरको धनमाल लुटेर लगेका छन् ।

साथै उनीहरुले सोहि ठाउँकै सत्यनारायण राय यादव र चन्द्र राय यादवसहितको घरमा कुटपिट गरी पाँच जनालाई घाइते बनाएका छन् । डाँकाहरुले घरेलु हतियारबाट प्रहार गरी ललिन यादव, सुरेन्द्र यादव, सञ्जिव यादव, सत्यनारायण यादव र चन्द्र राय यादवलाई टाउकोसहित शरीरका विभिन्न भागमा काटेर घाइते बनाएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.