साइकलमा कोचिङ्ग गइरहेकी १४ वर्षीया बालीका बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु - Crazysaptahik.com

साइकलमा कोचिङ्ग गइरहेकी १४ वर्षीया बालीका बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु

बर्दिया– बर्दियामा साइकलमा कोचिङ्ग कक्षा गाइरहेकी एक किशोरीको बसले ठक्कर दिँदा ज्यान गएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ बजार नजिकै बसले ठक्कर दिँदा १४ वर्षीया किशोरी निर्मला चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।उक्त बस कालिकोटबाट कैलालीको टीकापुरतर्फ जाँदै गरेको ना ४ ख ५३७५ नम्बरको बस रहेको प्रहरीले जनाएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ६ बकुवाकी १४ वर्षीया किशोरी निर्मला चौधरी साइकलमा चढेर कोचिङ्ग कक्षा पढनको लागि भुरिगाउँ बजारतर्फ गइरहेकी थिइन। पव्लिक शिक्षालयमा कक्षा ९ मा पढ्दै आएकी किशोरी निर्मलाको सोमबार बिहान करिव ७ बजे बसले ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ ।ठक्कर दिने बस र चालकलाई भने इलाका प्रहरी कार्यालय भरिगाउँले अनुसन्धान शुरु गरेको छ।

सम्बन्धित खवर