थाह पाउनुहोस् मानिसको आँखाबाट आँसु बग्नुको कारण - Crazysaptahik.com

थाह पाउनुहोस् मानिसको आँखाबाट आँसु बग्नुको कारण

मानिसको आँखाबाट आँशु बग्नु सामान्य प्रक्रिया हो । विभिन्न हर्मोन वा अन्य कारणले गर्दा आँखाबाट आँसु आउने गर्छ । विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ । यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ ।आँखामा आई लिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ । र, आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ । ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट सप्लाई हुन्छ । आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ ।

यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ । त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्छ । आँसुमा हुने पदार्थ नुन, तेलको ब्यालेन्स नमिल्दा पनि आँखाबाट अनावश्यक पानी बग्ने गर्छ । जसका कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ । -एजेन्सी

सम्बन्धित खवर