अष्टे्रलियामा दीपक र दीपाको छक्का पन्जा रोमान्स 'फोटो फिचर' - Crazysaptahik.com

अष्टे्रलियामा दीपक र दीपाको छक्का पन्जा रोमान्स ‘फोटो फिचर’

काठमाडौँ- दीपाश्री निरौला द्धारा निर्देशित चलचित्र छक्का पन्जा ३ अष्ट्रेलियामा पनि प्रदर्शन भैरहेको छ । अष्ट्रेलिया प्रदर्शनका लागि चलचित्रकी निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, अनुराग कुँवरलगायत अष्ट्रेलिया पुगेका छन् ।

अष्ट्रेलियामा दीपक र दिपाको जोडी रोमान्टिक देखिएको छ । समुन्द्री किनारमा पुगेका दीपक र दीपाले रोमान्टिक हुँदै तस्बिर खिचेका छन् ।

चलचित्रले अमेरिका एक महिनासम्म लगातार प्रदर्शन गरेर चलचित्र इतिहासमै नयाँ रेकर्ड राख्न सफल भएको छ ।नेपालका विभिन्न हलहरुमा अहिलेसम्म पनि चलचित्रले सफल व्यापार गरिरहेको छ । फिल्म नेपालमा दशैंको घटस्थापनाका दिनदेखि अल नेपाल प्रदर्शनमा आएको थियो ।

सम्बन्धित खवर