पेस्तोल र लागू औषधसहित २ युवा पक्राउ - Crazysaptahik.com

पेस्तोल र लागू औषधसहित २ युवा पक्राउ

काठमाडौँ- काठमाडौँबाट पेस्तोल र लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन् । काठमाडौँ महानगरपालीका ३२ जडिबुटी ढुङगेधाराबाट पेस्तोलसहित दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालीका–३ का २७ वर्षका भुवन परियार र सोही स्थान बस्ने २७ वर्षका मनपरन चौधरी रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । नीहरु सवार ज.११ प ४८६६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा  निजहरूको साथबाट लागुऔषध नाईट्रभेट ५६ फाईल र होम मेड रिभल्वर १ थान, मोबाईल २ थान बरामद गरेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित खवर