मृत भेटिएका अंगद चौधरीको हत्याको आरोपमा दाजु भाई पक्राउ - Crazysaptahik.com

मृत भेटिएका अंगद चौधरीको हत्याको आरोपमा दाजु भाई पक्राउ

रुपन्देही- रुपन्देहीमा अंगद चौधरीको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । ओमसतिया गाउँपालिका ५ का ३८ वर्षीय अंगद चौधरीको हत्या गरेको आरोपमा स्थानीय चन्दन भन्ने राम रतन निषाद र ज्ञानु भन्ने रोशन निषादलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु नाताले दाजुभाइ हुन् । मृतक चौधरीका परिवारले रतन र रोशनविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । छठको रमझम हेर्न हिँडेका अंगद मृत अवस्थामा भेटिएका थिए । पछिल्लो समय हत्या घटनाका दिनहुँजसो सार्वजनिक भइरहेका छन् । प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको भनिएपनि जघन्य अपराधका घटना भइरहेका छन् ।

सम्बन्धित खवर