काभ्रेमा अर्धनग्न अवस्थामा झुण्डिएको युवतीको शव भेटियो - Crazysaptahik.com

काभ्रेमा अर्धनग्न अवस्थामा झुण्डिएको युवतीको शव भेटियो

काभ्रे- काभ्रेमा अर्धनग्न अवस्थामा झुण्डिएको युवतीको शव भेटिएको छ । काभ्रेको बनेपा नजिकै रुखमा झुण्डिएको तथा अर्धनग्न अवस्थामा बनेपा नगरपालिका–५ की करिब २२ वर्षीया सुधा केसीको शव भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । सोमबार बिहान पाँच बजेतिर घरबाट कलेज जान भनी हिँडेकी सुधा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । बनेपा–११ आइटीपार्क नजिकै सुधाको शव भेटिएको हो । शरीरमा भित्री लुगा बाहेक अरु नभएको, स्तन पनि देखिएकाले उनको कसैले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । अहिलेसम्म कोही पक्राउ परेका छैनन् भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर