प्रथम ऐले खुल्ला नकआउट फुटबल प्रतियोगिता, उपाधि शिवसतासी स्पोर्टिङ क्लबलाई - Crazysaptahik.com

प्रथम ऐले खुल्ला नकआउट फुटबल प्रतियोगिता, उपाधि शिवसतासी स्पोर्टिङ क्लबलाई

मोरङको पथरीशनिश्चरेमा सम्पन्न प्रथम ऐले खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि झापाको शिवसतासी स्पोर्टिङ क्लबले जितेको छ ।

सोमबार पथरीशनिश्चरे–३ को खेलमैदानमा भएको फाइनल खेलमा आयोजक ऐले स्पोटिङ क्लबलाई ४–० ले हराउँदै शिवसतासीले उपाधि जितेको हो । निर्धारित ६० मिनेटको खेलमा शिवसतासीका अभिषेक राईले पहिलो गोल गरेका थिए । यस्तै दोस्रो हाफमा शिवसतासीका रोशन कार्की, रजिन माझी र पुनः अभिषेक राईले एक एक गोल गरे । प्रतिस्पर्धात्मक खेल हुँदाहुँदै पनि आयोजकले गोल गर्नबाट चुकेपछि शिवसतासीको अगाडि आयोजकले हार स्वीकार गर्नैप¥यो ।
८ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको उपाधिसँगै शिवसतासीले २५ हजार रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता आयोजक ऐलेले १५ हजार प्राप्त ग¥यो । यस्तै खेलको म्यान अफ द म्याच आयोजकका पास्कल थापा, बेष्ट गोलकिपर शिवसतासीका प्रिन्स श्रेष्ठ घोषित भए । प्रतियोगिता कात्तिक २६ गतेदेखि सुरु भएको थियो ।

 

सम्बन्धित खवर