युवक हत्याको विरोधमा बिहानैदेखि कैलाली बन्द - Crazysaptahik.com

युवक हत्याको विरोधमा बिहानैदेखि कैलाली बन्द

कैलाली- युवक हत्याको विषयलाई लिएर गरिएको कैलाली बन्दले त्यस क्षेत्रमा मानिसको जनजीवन प्रभावित भएको छ । धनगढी उपमहानगरपालिका, ४ का विजय थापाका हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलवार गरिएको कैलाली बन्दले जिल्लाभरको जनजीवन प्रभावित भएको हो । कैलाली बन्दको घोषणा गरिएपनि जिल्लाका अन्य बजारमा भने आंशिक प्रभाव परेपनि धनगडीमा भने पूर्णरुपमा प्रभाव परेको छ । विजय थापा न्यायिक संघर्ष समितिले हत्यारा सार्वजनिक गर्न माग गर्दै बिहानैदेखि धनगढीमा प्रदर्शन गरिरहेको छ । बन्दका कारण धनगढीको जनजीवन प्रभावित भएको छ । बजार पूर्ण रुपमा बन्द छ भने केही मात्रामा मात्रै सवारी साधन सञ्चालन भइरहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका, ४ मा रहेको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखको कार्यालय नजिकै शुक्रवार राति थापाको शव भेटिएको थियो ।थापाको शव घिसार्दै लैजाने क्रममा धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आशिष सेटीलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । मृतक थापाको हत्या भएको पाँच दिन भइसकेको छ । उनको शव सेती अञ्चल अस्पतालमा रहेको छ ।

सम्बन्धित खवर