उर्लाबारीमा रहस्यमय ढंगले घरमा आगलागी 'फोटो फिचर' - Crazysaptahik.com

उर्लाबारीमा रहस्यमय ढंगले घरमा आगलागी ‘फोटो फिचर’

उर्लाबारी- मोरङको उर्लाबारी–७ मा मङ्गलबार अपरान्ह रहस्यमय ढंगले घरमा आगलागी भएको छ ।
उर्लाबारी–इटहरा सडकमा रहेको भक्तिराम अधिकारीको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको हो । २ बजे तिर आगलागी सुरु भएपछि स्थानीयले प्रहरी र दमकललाई खवर गरेका थिए । अधिकारीको घरमा उहाँ कै होलसेल तथा खुद्रा किराना पसल थियो । घरमा मानिस नभएको अवस्थामा आगो के बाट सल्कियो ? रहस्यकोे विषय बनेको छ ।

दमक, विर्तामोड, इटहरी र धरान नगरपालिकाका दमकल , प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले आगलागी भएको झण्डै डेढ घण्टा पछि आगो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताए । घर जलेर पूर्ण रुपमा नष्ट भएकोले घरमा के कति नगद र जिन्सी जलेर नष्ट भयो , त्यसको विवरण आएपछि मात्र क्षतिको पूर्ण विवरण आउँने स्थानीयको भनाई छ ।

 

सम्बन्धित खवर