षडजको सुन ख्यालख्यालैमा सार्वजनिक - Crazysaptahik.com

षडजको सुन ख्यालख्यालैमा सार्वजनिक

नेपाली साङगीतिक जगतका चर्चित गायक षडज सम्बाहाङफे लिम्बूले सुन ख्याल ख्यालैमा बोेलको नयाँ गीतको भिडियो दर्शक सामु सार्वजनिक गरेका छन् । किन नामक एल्बममा समावेश गरिएको उक्त सुन्दर गीतको शब्द र संगित राजु ढकालको छ भने यस गितको भिडियोलाई गणेश जङ रावलले निर्देशन गरेका छन् ।

काठमान्डौ उपत्यकाका सुन्दर स्थानहरु गोकर्ण, गोदावरी, कोटेश्वर लगायत अन्य पर्यटकीय स्थलहरुमा छायाँकन गरीएको भिडियोमा विश्व स्याङबो, अनिशा न्यौपाने र सञ्चिता तामाङको उत्कृष्ट अभिनय रहेको छ भने उक्त मनोमहक दृष्यहरुलाई योदिन सम्बाहाङफेले क्यामेरामा कैद गरेको छन् ।

लोक पप शैलीमा गित रहेको र भिडियोमा अहिलेको जल्दोबल्दो माया, प्रेमलाई कलात्मक ढङगबाट उतारिएको हुनाले यस गित र भिडियोबाट दर्शकहरुको मन जित्ने कुरामा विश्वस्त रहेको गायक सम्बाहाङफेले बताउनु भयो ।

गायक सम्बाहाङफेका किन, तिम्रो सम्झनाले, कस्तो यो भाग्य, नसालु जस्ता गितहरु चर्चित छन् जसलाई युवट्युवमा हेर्न तथा बजारहरुमा उपलब्ध छन् ।

सम्बन्धित खवर