आखीर किन पुगिन् चर्चित गायिका ज्योती मगर प्रहरीकोमा ? - Crazysaptahik.com

आखीर किन पुगिन् चर्चित गायिका ज्योती मगर प्रहरीकोमा ?

आयोजकले अपमान गरेको भन्दै गायिका ज्योती मगरले प्रहरीलाई गुहारेकी छन् । उनले नवलपरासीको गैँडाकोटमा प्रस्तुति दिँदै गर्दा आयोजकले अपमान गरेको भन्दै उनले प्रहरी गुहारेकी हुन् । प्रहरी समक्ष उनले आफूमाथि आयोजक मध्यकै एक जनाले अपशब्द बोलेर दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

होटलको कोठामा पुगेपछि उनलाई होटल सम्म छोड्न गएका एकले अपशब्द प्रयोग गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । ‘म एकदम डराएकी छु तर मैले लड्नु छ ।’ उनले प्रहरीमा उजुरी दिएपछि आफ्नो फेसवुकमा स्टाटस समेत लेखेकी छन् ।

प्रहरीले होटेलमा पुगेर एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । बुधबार बिहान ती व्यक्तिसँग बयान गर्दा आफूले मापसे गरेर केही अपशव्द बोलेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए ।

सम्बन्धित खवर