मोडलिङ र कलाकारितामा जम्दै स्वीकृति प्याकुरेल 'फोटो फिचर' - Crazysaptahik.com

मोडलिङ र कलाकारितामा जम्दै स्वीकृति प्याकुरेल ‘फोटो फिचर’

मातृका पौडेल- कलाकारिता र मोडलिङको रहरका साथै अवसर को खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङ गर्न त्यती सजिलो पक्कै छैन ।

यो क्षेत्रमा हात हालेर कोहि सफल हुन्छन् त कोहि बिचैमा छोडेर हिडने हुन्छन् । यस्तै क्रममा मोडलिङ क्षेत्रमा सफलताको बाटोमा अगाडी बढिरहेको एक नाम हो विराटनगरकि २0 बर्षकी स्वीकृति प्याकुरेल ।

सुन्दर रुपकी धनि स्वीकृति फेसन डिजाइनिंगमा ब्याचलर अध्यनरत छिन् । पुर्बान्चल कलेज प्रिन्सेस २०१६ को फस्ट रनर अप भईसकेकी स्वीकृति पछिल्लो समयमा बिराटनगर ,काठमान्डौ र अन्य ठाउँमा हुने फेसन शो हरुमा आफ्नो मोडलिङ कला प्रस्तुत गरिरहेकी हुन्छिन ।

यो छेत्रमा आउनुमा मामुको प्रेरणा भएपनि सुरुका दिनमा बाबाले त्यति महत्व दिनु भएको थिएन जब मैले पुर्बान्चल कलेज प्रिन्सेस २०१६ को उपाधि हात पारे त्यसपछि सम्पूर्ण परिवारको सपोर्ट रहेको बताउने स्वीकृति भबिस्यमा राम्रो फेसन डिजाइरका साथै सफल कलाकार बन्ने चाहाना रहेको बताउछिन् ।

भर्खरै मात्र उनले अभिनय गरेको चर्चित गायिका रेस्मा सुनवारको नयाँ गीत “उल्लुको ” म्यूजिक भिडियो सार्बजनिक भएको छ । त्यस गीतको भिडियोबाट राम्रो चर्चा बटुलेकी स्वीकृति आफनो प्रतिभालाई चिनाउने क्रममा छिन ।

म्युजिक भिडियोमा मोडलिङ गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन तर मोडलिङमा सबैले स्थान पक्कै पाएका छैनन म्युजिक भिडियो र फ्लिममा धेरै अफर आउछ तर राम्रो भने जस्तो नभएकोले उनले थोरै मात्रामा म्युजिक भिडियोमा अभिनय गरेको उनि बताउछिन ।

पक्कै पनि राम्रा भिडियोहरुको अफर आएपछि उनलाइ भोलीका दिनहरुमा हामी थुप्रै अभिनयहरुमा देख्न पाउने छौ । पछिल्लो समयमा गित संगित र ति गित संगितका म्युजिक भिडियो निरन्तर रुपमा बजारमा आइरहेका छन दिनहु जस्तो नया मोडेल र कलाकारहरु जन्मिरहेका छन । गित संगितको क्षेत्रलाइ राज्यले पनि चासो दिनु पर्छ । राम्रो काम गरियो भने यो क्षेत्रमा भबिस्य राम्रो रहेको उनको तर्क छ ।

सम्बन्धित खवर