लागुऔषध र लागुऔषध कारोबारबाट सङ्कलित रकमसहित केशव पक्राउ - Crazysaptahik.com

लागुऔषध र लागुऔषध कारोबारबाट सङ्कलित रकमसहित केशव पक्राउ

चितवन- चितवनबाट दुई युवक लागूऔषध र नगदसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२ का २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घलेको साथबाट लागुऔषध र लागुऔषध कारोबारबाट सङ्कलित रकमसहित पक्राउ परेका चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार एक विज्ञप्ति जारी पक्राउ परेका उनीहरूको साथबाट २७१ एम्पुलका दरले डाइजेपाम, ब्युप्रिनर्फिन र फेनारगन तथा पाँच लाख ८० हजार १८० रुपैयाँ नगदसमेत बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूलाई मङ्सिर ७ गते साँझ अबेर नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर