भलिवलकाे उपाधी अायाेजक वारंगीलाई - Crazysaptahik.com

भलिवलकाे उपाधी अायाेजक वारंगीलाई

गाेपाल काफ्ले
पथरी- पुर्वी उत्तरी माेरङकाे लेटाङ नगरपालिकाकाे वडा नं. ७ मा रहेकाे वारंगी खेलकुद युवा क्लवले बराह मेलाकाे अवसर पारी खुल्ला पुरुष तथा महिला भलिवल प्रतियाेगितामा समापन गरेकाे छ ।

खेलमा महिला तर्फ अायाेजक वारंगी महिला भलिवल क्लवले सिहंदेवी महिला भलिवल क्लवलाई २५/२०, २५/ ११ र २५/९ काे साेझाे सेट पराजित गरेकाे थियाे । त्यस्तै पुरुष तर्फ पनि अायाेजक वारंगी भलिवल क्लवले २५/१८, २६/२४, २५/१७ काे साेझाे सेटमा डाडा गाउँ भलिवल क्लवलाई पराजित गर्याे । जित संगै विजयी पुरुष टाेलिले नगद ३० हजार, महिला टाेलिले नगद ८ हजार प्राप्त गरे भने पराजित टाेलि पुरुषले १७ हजार र महिलाले ४ प्राप्त गरे ।

विजेता तथा उप विजेता टाेलिलाई कार्यक्रमकाे प्रमुख अतिथी लेटाङ नगरपालिकाका मेयर शंकर राई र वडाध्यक्ष नगेन्द्र लिम्बुले पुरस्कार बितरण गर्नु भएकाे छ । मंसिर ७ गते बाट सुरु भएकाे भलिवल प्रतियाेगितामा पुरुष तर्फ १६ र महिला तर्फ ८ टिमकाे सहभागी रहेका थिए । खेल श्री महेन्द्र माविकाे खेल मैदानमा सम्पन्न भएकाे थियाे ।

सम्बन्धित खवर