लेटाङमा शारिरिक अपाङ्गता भएका ब्याक्तीलाई सहयाेगी सामाग्री बितरण - Crazysaptahik.com

लेटाङमा शारिरिक अपाङ्गता भएका ब्याक्तीलाई सहयाेगी सामाग्री बितरण

गाेपाल काफ्ले
पथरी-
लेटाङ नगरपालिकाले अपाङगता भएका ब्याक्तीहरुलाई कृतिम सामाग्री बितरण गरेकाे छ । सि.बि.अार बिराटनगरकाे सहयाेगमा ३४ जना ब्याक्   तीलाई ट्राईसाईकल,एल्बाे लठ्ठी, अाधुनिक जुत्ता, वाकर, बैसाकी र कृतीम खुट्टा बितरण गरिएकाे हाे ।

नगरले अपाङ्गता भएका ब्याक्तीहरुकाे पहिचान गराएर सि. वि. अार बिराटनगरले स्वस्थ परिक्षण गरि साे कृतिम उपकरण बितरण गरेकाे हाे । ४ लाखकाे लागतमा लेटाङ नगरपालिकाले२ लाख सहयाेग उपलब्ध गराएकाे छ । कायर्यक्रममा सहयाेगी सामाग्री बितरण गर्दै नगर प्रमुख शंकर राईले अपाङ्गता भएका ब्याक्तीहरुकाे स्वास्थमा सुधार गरि अार्थिक उन्नतीकाे पाटाेमा टेवा पुर्यायन नगरपालिका लागिरहेकाे बताउनु भयाे । नगर प्रमुख राईले नगरले अपाङगता भएकाे ब्याक्तीहरुलाई नगरले स्वास्थ परिक्षणा गरि ह्वईल चियर बितरण गरिसकेकाे र सि. वि. अारले थप सहयाेग गरेकाे प्रति धन्यबाद ब्याक्त गर्नु भयाे ।

कार्यक्रममा लेटाङ नगरपालिका अपाङ्ग संघका अध्यक्ष डिल्लि प्रसाद बिमली, उपप्रमुख कृष्ण कुमारी निराैला, वडाध्यक्ष भिम पाेख्रेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

सम्बन्धित खवर