काठमाडौं- सामाजिक सुरक्षा योजना लागू घोषणको प्रचार प्रसार गर्न काठमाडौं उपत्यकाका विजुली पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर टाँसिएको थियो । तर, सोही पोलमा बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको फोटो टाँस्दा १२ जना पक्राउ परेका छन् । पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिने उद्देश्यले पोस्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ परेको हो ।
माइतीघर मण्डलाबाट सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायत १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई सिंहदरबारस्थित प्रहरी वृत्तमा लगिएको छ।
गएको ११ साउनमा बालत्कारपछि हत्या भएको अवस्थामा निर्मलाको शव उखुबारीमा फेला परेको थियो । न्यायको माग निर्मलाको बुवाआमा ४ महिनादेखि संघर्षरत छन् । धर्ना दिनेक्रममा उनका पिता यज्ञराज पन्तलाई मानसिक समस्या देखिएको छ।