चौरमा भेटियो १६ वर्षीया पूजाको शव - Crazysaptahik.com

चौरमा भेटियो १६ वर्षीया पूजाको शव

कैलाली- कैलालीमा एक किशोरीको शव फेला परेको छ । टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १६ मा १६ वर्षीया किशोरी पूजा थापाको शव फेला परेको हो । पूजाको शव उनकै घर नजिकै चौरमा शुक्रबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । मृतकका परिवारका अनुसार पूजा बिहिबार बिहान ९ बजे घरबाट निस्केकी थिइन् । मृतकको शव पोष्टमाटर्मका लागि टीकापुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको हत्या वा आत्महत्याबारे पोष्टमाटर्म रिर्पाेटपछि थाहा हुने बताएको प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित खवर