काभ्रेका मेयर भीम न्यौपाने सुत्केरी भैंसी भेट्न गोठमा, सुत्केरी भैँसीलाई भत्ता, पाडापाडीको जन्मदर्ता - Crazysaptahik.com

काभ्रेका मेयर भीम न्यौपाने सुत्केरी भैंसी भेट्न गोठमा, सुत्केरी भैँसीलाई भत्ता, पाडापाडीको जन्मदर्ता

काभ्रे- काभ्रे पनौती नगरपालिकाका मेयर भीम न्यौपाने सुत्केरी भैंसी भेट्न किसानको गोठमै पुगेका छन् । उनि सुत्केरी खर्च बोकेर सुत्केरी भैँसी बोक्न किसानको गोठमै पुगेका हुन् । समृद्धिका लागि भैंसी संरक्षण’ अभियानमा लागेका मेयर भीम न्यौपाने किसानको गोठमा पुग्ने गरेका हुन् ।

उनले भैँसीबाट जन्मेका पाडापाडीको जन्मदर्ता समेत उनले गर्ने गरेका छन् । उनले पाडापाडीको जन्मदर्तासँगै किसानलाई प्रोत्साहन स्वरुप सुत्केरी खर्च समेत दिने गरेका छन् । मेयर न्यौपानेले समृद्धिका लागि भैँसी अभियानलाई सफल बनाउन सबैसँग आग्रह पनि गरेका छन् ।

मेयर भीम न्यौपानेका अनुसार परम्परागत पशुपालनमा रहेका किसानलाई व्यवसायिक पशुपालनमा लग्न प्रोत्साहनस्वरुप नगरपालिकाले भैंसी सुत्केरी खर्च उपलब्ध गराउने गरेको हो । किसानलाई भैंसीपालनमा आकर्षित गर्दै व्यवसायिकतामा लैजान र आत्मनिर्भर बनाउने उद्देश्यका साथ भैंसी सुत्केरी भत्ताको कार्यक्रम सुरु गरेका उनको भनाइ छ ।

सम्बन्धित खवर