भारतमा नेपाली नागरिकको हत्या गरि पुरिएको अवस्थामा शव फेला परे पछि - Crazysaptahik.com

भारतमा नेपाली नागरिकको हत्या गरि पुरिएको अवस्थामा शव फेला परे पछि

झापा- भारतीय भूभागमा एक नेपाली नागरिकको हत्या गरि पुरिएको अवस्थामा शव फेला परेको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव शुक्रबार सीमावर्ती क्षेत्रको भारतीय भूभागमा फेला परेको हो । भारतको किसनगञ्ज जिल्ला लुहागारास्थित काँसघारीमा राजवंशीको शव पुरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

चार दिनदेखि बेपत्ता भएका उनी किसनगञ्ज जिल्लाको खरखरिया भन्ने स्थानमा ‘झारफुक’ गर्न गएको बताइएको छ ।
राजवंशीको शव नेपाल–भारत सीमादेखि ५ सय मिटर दक्षिण भारतीय क्षेत्रमा गाडेको अवस्थामा फेला परेको हो । काँसघारीमा मृतक राजवंशीको चस्मा, बेल्ट र टोपी फेला परेको छ ।

सम्बन्धित खवर