२२ लाख ५० हजार रुपैयाँ लुकाएर बसमा सवार रहेका एक व्यक्ति पक्राउ - Crazysaptahik.com

२२ लाख ५० हजार रुपैयाँ लुकाएर बसमा सवार रहेका एक व्यक्ति पक्राउ

काठमाडौं- शरीरमा २२ लाख ५० हजार रुपैयाँ लुकाएर बसमा सवार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीवाग बस्ने मोहम्मद हसीव सिद्दि रहेका छन् ।

स्रोत नखुलेको रकमसहित सिद्धीलाई महानगरीय प्रहरी वृत्त नागढुंगाको टोलीले पक्राउ गरेको हो ।नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको बसबाट उनलाई प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

सो बसमा सवार उनी चेकजाँचको गर्दा शंकास्पद रुपमा भेटिएपछि खानतलासी गर्दा शरीरमा लुकाएको अवस्थामा सो रकम बरामद भएको हो ।

सम्बन्धित खवर