श्रीमानले गरे श्रीमतीको विभत्स हत्या - Crazysaptahik.com

श्रीमानले गरे श्रीमतीको विभत्स हत्या

गुल्मी-  मदाने गाउँपालिका ६ पुर्कोटका ३२ वर्षीय दुर्गा नेपालीले शुक्रबार आफ्नी ३१ वर्षीया श्रीमती सीता नेपालीको हत्या गरेका प्रहरीले जनाएको छ । कुटपिट गरी श्रीमतीको हत्या गरेर फरार भएका दुर्गाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले उनले के कारणले श्रीमतीको कुटपिट गरि हत्या गरेको हो भन्नेबारे केही सार्वजनिक गरेको छैन । घटनाको अनुसन्धान भने प्रहरीले गरिरहेको छ ।

महिला हिँसाका घटना दिनहुँ आइरहे पनि यसको नियन्त्रणका लागि चालिएका कदम सार्थक हुन सकेका छैनन् । कतै बलात्कारको घटना तथा कतै कुटपीटबाट महिलाको हत्या भइरहेका छन् । बालिकाहरु समेत हिंसा पर्ने गरेका छन् भने कतिपय अवस्थाको उनीहरुको बलात्कार पछि हत्या गरिएको घटना बाहिर आइरहेको छ ।

सम्बन्धित खवर