श्रीमतीको हत्या गरी श्रीमान फरार - Crazysaptahik.com

श्रीमतीको हत्या गरी श्रीमान फरार

गुल्मी- गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटका ३२ वर्षीय दुर्गा नेपालीले आफ्नी श्रीमतीको हत्या गरेर फरार भएका छन् ।

३१ वर्षीया श्रीमती सिता नेपालीको उनले कुटी कुटी हत्या गरेर फरार भएका हुन् । नेपालीले शुक्रबार बिहान श्रीमतीलाई हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमारका अनुसार फरार नेपालीको खोजी भइरहेको बताइएको छ ।घटना बारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर