१० किलो चरेससहित ३ युवा पक्राउ - Crazysaptahik.com

१० किलो चरेससहित ३ युवा पक्राउ

रुकुम- रुकुम पश्चिममा १० किलोबढी लागू औषध चरेससहित तीनजना पक्राउ परेका छन् । आठबीसकोट नगरपालिका १३ भल्मबाट १० किलो एक सय ग्राम चरेससहित आठबीसकोट नगरपालिका ९ राडिका ४२ वर्षीय इन्द्र चन्द, सोही ठाउँका ३८ वर्षीय कर्णबहादुर शाही र सल्यान शिद्धकुमाख गाउँपालिका ढोरचौर घर भई हाल तुलसिपुर उपमहानगरपालिका ९ मा बस्दै आएका ६० वर्षीय हिक्मत बुढाथोकीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

ठुलो परिमाणमा चरेस किनबेच हुन लागेको सूचनाका आधारमा कर्णाली प्रदेश ब्युरो(सिआईटी)को टीम र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको बताइएको छ । उनीहरुको साथबाट चरेससहित ४३ हजार ४ सय ४५ रुपैंया नगद, तीन थान मोबाईल, सानो तराजु दुई थान, डिजिटल स्प्रिङ तराजु एक थानलगायतका बस्तु बरामद गरिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर