बस दुर्घटना हुदा २६ घाइते - Crazysaptahik.com

बस दुर्घटना हुदा २६ घाइते

चितवन- चितवनमा यात्रुबहाक बस दुर्घटना भएको छ । भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा आज बिहान भएको बस दुर्घटनामा २६ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको र उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।उक्त बसमा ३४ जना यात्रु सवार रहेका बताइएको छ । दुर्घटनाग्रस्त ना ६ ख ९३६६ नम्बरको बसमा भ्रमणमा हिँडेका माडीको सोमेश्वर माविका विद्यार्थी सवार थिए ।

प्रहरीकाअनुसार जनकपुरबाट फर्किने क्रममा पुल्लरमा बस दुर्घटना भएको हो । विद्यार्थी र शिक्षक गरी ३४ जना सवार सो बस आज बिहान १ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

सम्बन्धित खवर