जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते - Crazysaptahik.com

जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

खोटाङ- खोटाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छने । सो दुर्घटनामा परि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ घर भएका ४१ वर्षका व्यापारी दिपक रसाइलीको ज्यान गएको प्र्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका उनको थप उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यस्तै दुर्घटनामा परि सिन्धुली जरायोटार बस्ने वर्ष २३ रमेश मगर र दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका– १३ नुनथलाका १९ वर्षीय फुर्वा शेर्पा घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं पठाइएको छ । केपीलासगढी गाउँपालिकाको बाक्सीला बजारबाट यात्रु लिएर दिक्तेलबजार आउँदै गरेको ना –१ ज ३६९८ नम्बरको जीप दिक्तेलबजारस्थित कारागार नजिक दुर्घटना भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–९ निर्मली डाँडाका २४ वर्षीय तेन्जिङ शेर्पा भने सकुल रहेको प्ररहीले जनाएको छ । दुर्घटना के कारणले भएको हो भन्ने खुलेको छैन ।

सम्बन्धित खवर