सुसुराली घर गएका रमेशको पिटेर हत्या - Crazysaptahik.com

सुसुराली घर गएका रमेशको पिटेर हत्या

मकवानपुर- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ मा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ । हेटौँडा–१२ का करिब ४५ वर्षका रमेश राना मगर रहेको झगडा हुँदा भएको कुटपिटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। सुसुराली घर गएका मगरको हेटौँडा–११ र १२ को सिमानामा रहेको झोलुंगे पुल नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरी भएको झगडामा उनको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए।

मगरलाई करिब १२र१३ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी परिचालन गरि अनुसन्धान थालिएको प्रवक्ता सिंहले बताए। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको बाँकीको खोजी सुरु गरिएको प्रहरीले जनाएको

सम्बन्धित खवर