१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या - Crazysaptahik.com

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

उदयपुर- बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले उदयपुरबाट पाँच युवालाई पक्राउ गरेको छ । प्रहरीले उदयपुरको रौतामाई गाउँपालिका वडा नंं ३ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पाँच जनालई पक्राउ गरेको हो । उनिहरु सबैमाथी अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैको नाम गोप्य राखिएको उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिएका छन् । बालिकाको शव अहिले पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको पनि उनले जानकारी दिए । प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा शव बरामद गर्नुको साथै पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत शनिवार बाख्रा चराउनका जंगल गएकी ती बालिका आइतबार दिउँसो गाउँको अमला जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरी टोलीले बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएपछि शंकास्पद स्थानीय ५ जना युवालाई नियन्त्रणमा लिएको हो ।

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी उदयपुरले प्रहरी नायव उपरीक्षकसहितको तालिम प्राप्त कुकुरसहितको टोली अनुसन्धानको लागि पठाएको एसपी राईले जानकारी दिए । उनका अनुसार स्थानियवासीले नै बालिकाको हत्यामा यी व्यक्तिहरुको हात हुनसक्ने अनुमान रहेकोले प्रहरीले नियन्त्रणमा लिइएको हो ।

बालिकाको मुखमा न्याप्किन पेपर कोचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै मलद्धार च्यातिएको छ भने घाँटीमा निलडाम छ । प्रहरीले बालिकाको योनीस्थल पनि सामान्य नरहेको बताएको छ । घटना स्थल सदरमुकाम गाईघाटबाट ७५ किलोमिटर विकट पहाडी क्षेत्रमा पर्ने स्थानीयले जनाएका छन् ।

सम्बन्धित खवर