मोटरसाइकलको ठक्करबाट बिष्णु बिकको मृत्यु - Crazysaptahik.com

मोटरसाइकलको ठक्करबाट बिष्णु बिकको मृत्यु

दाङ- दाङमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट ज्यान गुमाउनेमा तुलसीपुर–१७ मानपुरकी ५९ वर्षीया बिष्णु बिक रहेकी प्रहरीले जनाएको छ । घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको रा १ प ४९९० नम्बरको मोटरसाइकलले ठक्कर दिदा उनको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते बिकको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिकलाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खवर