बेलवारी- मोरङमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ । मोरङको बेलवारीमा नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा भारतीय लहरीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । गएराती भारतीय लहरीले मोटरसाईकललाई ठक्कर दिएको थियो ।
लहरीको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर ४६ सी ७८७६ नम्बरको भारतीय लहरीले को २० प ६७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँको हो ।
दुरघटनामा सुनसरी, बराहक्षेत्र नगरपालिका वडा न. ४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको हो । लहरीका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।