रंगेली-अढाई केजी गाँजा सहित भारतीय युवालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । माेरङकाे रंगेली नगरपालिका ३ स्थित अानन्द ईट्टा उद्योगमा कामदारका रुपमा कार्यरत भारत वंगाल कुसलाई अढाई केजी गाँजा सहित पक्राउ गरेको हो । विहार घर भई हाल अानन्द ईट्टा उद्योगमा काम गरीरहेका बर्ष ३० का वर्मन लाई प्रहरीले गाँजा सहित पक्राउ गरेको हो ।
गाेप्य सुचनाकाे अाधारमा ईलाका प्रहरी कार्यलय रंगेलीकाे टाेलीले बुधबार राती ९ बजे भट्टाको कामदार बस्ने घर बाट अढाई केजी गाँजा सहित पक्राउ गरेको थियो । उनलाई लागुअाैषध अाेसार पाेसार ऐन अन्तर्गत मुद्दा दर्ता गरिने प्रहरी निरिक्षक कबिन्द्र कार्कीले जानकारी दिए ।