राज्यको तर्फबाट सहयोग नभएकाले ओझेलमा परेको गुनासो - मुर्तिकार दिलमान लिम्बु (बेघा) - Crazysaptahik.com

राज्यको तर्फबाट सहयोग नभएकाले ओझेलमा परेको गुनासो – मुर्तिकार दिलमान लिम्बु (बेघा)

गोपाल काफ्ले,
पथरी- नेपालमा मुर्तिकला र हस्तकलाको संरक्षण हुन नसकेकाले कलाकारहरु त्यसबाट बिमुख हुने गरेका छन । कला मै जिवन बिताउने अभिप्रायले मुर्तिकला र हस्तकला क्षेत्र अंगाले पनि नेपालमा भबिष्य नदेखेपछी बिदेशीनु पर्ने बाध्यता रहेको छ । त्यस्मा पनि ग्रामीण क्षेत्रका कलाकारले त आफुमा भएको कलाको कुनै निकायबाट सहयोग नहुदा कला गुम्साउन बाध्य भएका छन ।

मोरङ पथरीशनिश्चरेका दिलमान लिम्बु (बेघा) भने नेपालका बिभिन्न एैतिहासिक ब्याक्तीमा ढुङगा र काठका मुर्ति र हस्तकला बनाउदै यही पेसामा रमाईरहेका छन । तर यो कलामा राज्यले ध्यान र सरसहयोग नहुदा थोरै संख्यामा रहेका कलाकारहरु समेत लोप हुदै गएका छन् ।

बच्चा अवस्था देखिनै माटो र काठमा आकृती उतार्न सिपालु दिलमान लिम्बु २०७० साल देखि ब्यावसायीक रुपमा मुर्ति बनाउदै दुःख सुख जिवन चलाउन थालेका छन् ।
काठ, ढुङगा र रङ संग लामो समय खर्चेर तयार भएका कलाकृर्तीमा राज्यले ध्यान नदिएकाले सर्जकहरु निरुसाहित हुने परेको लिम्बु बताउछन ।
ढुङगा र काठ खोपेर कसैको आकृती उतारेर सामान्य जिबिको पार्जन गर्दै आएका दिलमान राज्यले सिप अनुसारको काम र निमार्ण भएका मुर्ति हस्तकलाको ब्यावस्थापन गरे बिश्व सामु नेपाललाई चिनाउन धेरै मुर्ति तयार पर्ने लिम्बुले बताए ।

३२ बर्षे लिम्बुले हाल सम्म ढुङगा र कास्टकला गरि ५० हाराहारी मुर्ति तयार पारेका छन । पुर्वी नेपालका मोरङ, सुनसरी, इलाम, पाँचथर, फिदिम, ताप्लेजुङ लगायतका स्थानमा उनले निमाण गरेका मुर्तिहरु सालिकका रुपमा रहेका छन । राज्यको तर्फबाट यतिका समय सम्म कुनै किसिमका तालिम र सहयोग नभएकाले आफु ओझेलमा परेको उनको गुनासो छ । आफु खोज अनुसन्धानका आधारमा कसैले भनेको भरमा परिकल्पना गरेर चित्र उतार्न सिपालु लिम्बु अवसर नपाएर मंगोलीय एतिहासीक ब्याक्तीहरु, राजा, भगवान र मृत्यू भएकाहरुका मुर्तिहरु खोप्ने गरेको लिम्बुले बताए ।

सम्बन्धित खवर