न्यायका लागि धर्नामा बसेका निर्मलाका बुबाआमाको स्वास्थ्य आबस्था दिनप्रतिदिन बिग्रदै - Crazysaptahik.com

न्यायका लागि धर्नामा बसेका निर्मलाका बुबाआमाको स्वास्थ्य आबस्था दिनप्रतिदिन बिग्रदै

कञ्चनपुर- आफ्नी छोरी निर्मलाको बलात्कारपछि हत्या गरिएको घटनाकको दोषी पक्राउ र कारबाहीको माग राखेर धर्नामा बसेका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । गएको साउन १० गते हराएकी निर्मला पन्तको भोलिपल्ट उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्था उनीको शव भेटिएको थियो । तर, घटना भएको चार महिना पुग्न लाग्दा पनि दोषी पक्राउ पर्न नसकेपछि निर्मलाका बुवा यज्ञराज, आमा दुर्गा र कान्छी आमा लक्ष्मी छोरीको न्यायका लागि भन्दै धर्ना बसेका हुन् ।

महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि पाँच दिनदेखि धर्नामा बसिरहेका उनीहरुको स्वास्थ्य आबस्था दिनप्रतिदिन बिग्रदै गएको स्वास्थ्यकर्मीले बताएका छन् । बिहीबार उनीहरुको महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्नास्थलमै पुगेर स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा उनीहरुको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रदै गएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

सम्बन्धित खवर