नारामै सिमित समृद्धि ः प्रधानमन्त्रीकै गृहजिल्लामा बाँसको पुल तर्न ५० रुपैया कर - Crazysaptahik.com

नारामै सिमित समृद्धि ः प्रधानमन्त्रीकै गृहजिल्लामा बाँसको पुल तर्न ५० रुपैया कर

क्रेजी साप्ताहिक । समृद्धिको नारा बोकेका प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापामा बाँसको पुल तर्न ५० रुपैया कर तिर्नुपर्ने भेटिएको छ । झापाको बाह्रदर्शि गाउँपालिकाको राजगढलाई छोएर बग्ने विरिङ खोला तर्दा दैनिक हजारौँ नागरीकले सो रकम तिर्नेगरेका छन् ।

सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ खोलालाई पनि छुन्छ । बाँसकै पुल निजकै आयोजना अन्तर्गतको पुल निर्माण शुरु भएको ८ वर्ष बिते पनि अहिलेसम्म पुल नबन्दा स्थानीयले बाँसको पुल तरे वापत पैसा तिर्दै आएको सो समस्याबाट पिडित श्याम राजवंशी बताउँछन् ।

सम्बन्धित खवर